नियम २३२
नगद मौज्दात राख्न सकिने
(१) स्थानीय निकायले दैनिक रुपमा गर्नु पर्ने स–साना खर्चको लागि दशहजार रुपैया“सम्म आर्थिक प्रशासन शाखाका प्रमुखको जिम्मामा नगद मौज्दात राख्न सक्नेछ । यसबाट खर्च भएको रकमको बील भरपाई पेश गरी सोधभर्ना
लिनु पर्नेछ । तर प्रत्येक वर्षको आषाढ पच्चीस गते भित्र बा“की नगद मौज्दात बैड्ढ दाखिला गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा उल्लिखित मौज्दातबाट काम नचल्ने भएमा सोको कारण खुलाई स्थानीय निकायबाट स्वीकृति लिई यो मौज्दातको हद बढाउन सकिनेछ । तर अधिकतम मौज्दात पच्चीसहजार रुपैया“ भन्दा बढी हुने छैन ।